एक जडिया अर्को सँग गफ लाउँदै थियो "मैले धेरै अध्यायन गरेपछि सम्बन्धबिच्छेदको कारण पत्ता लगाएँ नी ।"
अर्को ले सोध्यो "ल भन् न त के हो "
उसले उत्तर दियो "विवाह "।


श्रीमती "हाम्रो बिहे हुनु अगाडी त तिमी मलाई कति उपहारहरु दिन्थ्यौ अहिले चाहि एउटा पनि छैन ।"
श्रीमान "माछा जालमा परिसकेपछि पनि चाहारा हालीरहनु पर्छ त ।"


एक व्यक्तिले दुधवालालाई झपार्दै भन्यो "तिमी र तिम्रो गाईमा एउटा फरक छ गाइले शुद्ध दुध दिन्छ तर तिमी त्यासमा पानी मिसाएर दिन्छौ ।"
दुधवालाले जवाफ दियो "हैन हजुर अर्को पनि एउटा फरक छ गाईले अधारो दिदैन तर म उधारो दिन्छु ।"


केटिको बाउले आफ्नो छोरीको प्रेमीलाई झपार्दै भन्यो "म चाहन्न कि मेरी छोरी कोहि बेवकुफ निकम्मा सँग जिन्दगी बिताओस ।"
केटोले उत्तर दियो "त्यहि भएर त म तपाईको छोरी माग्न आएको नी ।"


एक महिला अर्की महिलासँग भन्दै थिई "मेरो श्रीमान लेखक हो उहाँको लेखाइको एक शब्दको दुइ रुपैया पर्छ ।"
अर्कि महिलाले भनि "मेरो श्रीमान पनि लेख्नु हुन्छ तर उहाँको एक शब्दको हजार कहिले त लाख नै पर्छ ।"
पहिलो महिलाले आश्चर्य मान्दै भनि "हो र तेरो श्रीमानले के लेख्छ र त्यस्तो "
दोश्रो महिलाले जवाफ दिई "चेक"


एक धनि व्यक्ति एउटी केटिसँग जसरी भए पनि विवाह नगरि नछोड्ने सोचेर केटिको बाउसँग कुरा गर्न गयो र भन्यो "म सँग तपाईको छोरीको विवाह गरिदिनुस् बरु त्यसको बदलामा म उसको तौल बराबरको सुन दिन तयार छु ।" बुढो एकछिन सोचाइमा पर्यो । त्यो देखेर त्यस व्यक्तिले बुढालाई झस्काउँदै भन्यो "के सोचिरहनु भएको हो "। बुढोले उत्तर दियो "छोरीको तौल कसरी बढाउन सकिन्छ भनेर सोचिरहेको नी ।"


"के सबै मान्छेहरु एक न एक दिन मर्छन् त"
"हो सबै जनाले एक न एक दिन मर्नै पर्छ "
"त्यसैले म सोच्दैछु कि जो अन्तिममा मर्छ त्यसलाई कसले घाटमा लगेर जलाउँछ त ।"


एक व्यक्ति "जो ब्यक्ति आफुले भन्न खोजेको कुरा अरुलाई बुझाउन सक्दैनन् त्यसलाई बेवकुफ भनिन्छ ।"
अर्को व्यक्ति "माफ गर्नुस तर मैले तपाईले भन्न खोजेको कुरा अलि बुझिन"


श्रीमती "तिम्रो अनुहार त गधासँग ठ्याक्कै मिल्छ "। श्रीमान "य हो मेरो साथीले ठिकै भनेको रहेछ "। श्रीमती "के कुरा "। श्रीमान "मेरो अनुहार पनि ठ्याक्कै तिमी सँग मिल्छ रे "।


बिरामी "यस्तो बिरामी भएर बस्नु भन्दा त मर्नु नै बेस "। डाक्टर "नआत्तिनुस न हामी कोसिस गर्दै छौं नि "।


एक महिला "डाक्टर साब म मेरो मृत्यु पछि मेरो दिमाग दानमा दिन चाहन्छु "। डाक्टरले भन्यो "हुन्छ रहेछ भने दिउँला नी ।"


पुलिस "तपाईको कुकुरको केहि हुलिया त बताउनुस तब पो त्यसलाई खोज्न सकिन्छ ।" महिलाले उत्तर दिइन "त्यसले मलाई देख्यो कि पुच्छर हल्लाउँछ ।"


छोराले बाउलाई सोध्यो "जादु त्यो हो जो टाउकोमा चढेर बोल्छ, यसको मतलब के हो ?" बाउले भन्यो "श्रीमती ।"


बुहारीले सासुलाई भनिन् "आज प्रेस गर्दा तपाईको निलो साडिको एक छेउ डढ्यो "। सासुले भनिन् "के भो त म सँग निलो साडि अर्को पनि छ "। बुहारीले फेरी भनिन् "मलाई थाहा थियो त्यहि भएर मैले त्यो साडिको छेउ काटेर डढेको साडीमा सिलाइदिएँ ।"


आमाले आफ्नो छोरालाई सोधिन "आजकल बुहारी सँधै हासिरहन्छीन किन हो हँ "। छोराले जवाफ दियो "मैले अस्ति भनिदिएको थिएँ कि ' तिमी जब हाँस्छ्यो तब माधुरी जस्तै देखिन्छौ ' त्यहि भएर होला "।


सासुले बुहारीलाई भनिन "बुहारी मलाई महाभारत पढ्न मन छ महाभारतको किताब लिएर आइदिन्छौ "। बुहारीले जवाफ दिईन "घरमा सँधै महाभारत भइ त रहेको हुन्छ किताब पढेर के अरु पनि झगडाको तरिका सिक्नको लागी हो ?"


एक महिला डिपार्टमेन्टल स्टोरमा सपिंग गरेर काउन्टरमा पैसा तिर्न गइन । क्यासिएरले महिलाको ब्यागमा टिभीको रिमोट पनि देख्यो र अचम्मलागेर सोधिहाल्यो ।" के तपाई सँधै टिभीको रिमोट आफैं सँग लिएर हिड्नु हुन्छ "। महिलाले जवाब दिइन "आज मेरो श्रीमान म सँग सपिंग आउन मान्नु भएन त्यहि भएर टिभीको रिमोट आफुसँग ल्याएर बदला लिएको हो ।"


"डाक्टर साहब जब म चिया पिउन थाल्छु तब मेरो दाँया आँखा दुख्न थाल्छ "। डाक्टरले भन्यो "चियाको कपबाट चम्मा निकालेर पिउनुस अनि दुख्दैन "।